“बालेन सरकारको पहिलो विकेट झर्‍यो ढल्न बेर छैन”

काठमाडौं ।  आत्मदाह गरेका गणेशको निधन भइसकेपछि नेपाली कलाकार जगतले बालेन सरकारको चर्को आलोचना गरेका छन् ।  त्यसपछि नायिका रेखा थापाले लेखेकी छन्, ‘जुन सरकार आए पनि सबैभन्दा पहिला गरिबलाई नै मार्ने भयो ।’

नायिका पूजा शर्माले गणेशको आत्मदाहलाई राज्यले गरेको हत्या भनेकी छन् । उनको भनाइ छ, ‘गणेश नेपाली कुनै समाचारको शीर्षक मात्र होइनन् । उनी एक मानव थिए, एक मेहनती श्रमिक थिए, सपना बोकेका नागरिक थिए, निर्दयी र संवेदनाहीन प्रशासनिक व्यवस्थाको बोझले थिचिएका । यो कुनै सामान्य दुर्घटना थिएन । यो राज्यको गम्भीर लापरवाहीको परिणाम हो । यो हत्या हो ।’

नायिका केकी अधिकारीले राज्य जहिल्यै नागरिकको समस्या समधानमा केन्द्रित नरहेको आशय राखिन् । उनले सांकेतिक रुपमा राज्यलाई घोचेकी छन्, ‘जलेको मनलाई धेरै समय सम्हाले, हिजो त तन न जलेको हो सरकार ! गणेश ।’

यो घटना कलाकार दीपकराज गिरीको बुझाइमा बलियो जनमतमा बनेको सरकार कमजोर बनाउन काफी विषय हो । उनले भनेका छन्, ‘अपार जनसमर्थन रहेको सरकारको पहिलो विकेट पतन भएको छ ।’

गणेश नेपालीको आत्मदाह राष्ट्रिय लज्जा : कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राहदानी विभाग अगाडि आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै यस घटनालाई राज्यको संवेदनशीलतामाथि उठेको गम्भीर प्रश्न र राष्ट्रिय लज्जाको विषय बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले भौगोलिक रूपमा दशकौँदेखि पछाडि पारिएको कर्णालीको मुगुबाट हजारौँ सपना बोकेर राजधानी आएका एक युवाको दुःखद अन्त्यले मन अत्यन्तै स्तब्ध र भावविह्वल बनाएको उल्लेख गरेका छन् ।

अध्यक्ष घिसिङले राजधानीमा राइड सेयरिङ गरेर आफ्नो र परिवारको जीविकोपार्जनका लागि संघर्षरत युवा राज्यका नीति, प्रशासनिक व्यवहार र परिस्थितिका कारण निराश भई आत्मदाहको बाटो रोज्न बाध्य हुनु दुःखद भएको बताएका छन्। उनले नेपालीको मृत्यु केवल एउटा व्यक्तिको मृत्यु मात्र नभई राज्यप्रति नागरिकको घट्दो भरोसाको प्रतिविम्ब भएको टिप्पणी गरे । इमानदारीपूर्वक श्रम गरेर सम्मानका साथ बाँच्न खोज्ने युवाले ज्यान गुमाउनुपर्ने अवस्था आउनुले विद्यमान प्रणालीमाथि नै ठुलो प्रश्न खडा गरेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर