आज असार २६ गते शुक्रबारको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिनको सुरुवात सामान्य रहनेछ, तर बिस्तारै कामले गति लिनेछ। अरूले टारेको जिम्मेवारी पनि तपाईंले सम्हाल्नुपर्ने हुन सक्छ। आफ्नो काम समयमै सक्दा मन ढुक्क हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरमा खुसीको कुरा हुनेछ। परिवारसँग बसेर बिताएको समयले सम्बन्ध अझ मिठो बनाउनेछ। आफूले सोचेको काम पनि सहज रूपमा अघि बढ्नेछ। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक ८ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज धेरै फोन वा सन्देश आउन सक्छन्। एउटा खबरले दिनको योजना नै परिवर्तन गराउन सक्छ। आवश्यक कामलाई पहिले सकाउनु राम्रो हुनेछ। आजको शुभ रंग आकाशे हो भने शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक विषयमा सोच्ने दिन छ। सानो निर्णयले पनि पछि राम्रो फाइदा दिन सक्छ। खर्चभन्दा बचततर्फ ध्यान दिनुभयो भने मन ढुक्क रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) तपाईंको उपस्थितिले नै राम्रो प्रभाव पार्नेछ। नयाँ व्यक्तिसँग चिनजान हुनेछ र कुराकानी पनि रमाइलो रहनेछ। नम्र व्यवहारले सम्मान बढाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अलि फुर्सद मिल्ने दिन छ। आफ्नो कोठा, कागजात वा सामान मिलाउँदा मन पनि हल्का हुनेछ। धेरै दिनदेखि बाँकी रहेको काम टुङ्गिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साथीभाइसँग भेट हुँदा नयाँ योजना बन्नेछ। सानो सहयोगले पनि सम्बन्ध अझ बलियो हुनेछ। हाँसीखुसीमा दिन बित्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नो निर्णयमा अडिग रहनुहोस्। अरूको कुरा सुन्नु राम्रो भए पनि अन्तिम निर्णय आफ्नै सोचअनुसार गर्नु उचित हुनेछ। धैर्यले राम्रो साथ दिनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दैनिक कामबाट केही समय छुट्याएर आफूलाई मनपर्ने काम गर्नुहोस्। नयाँ ठाउँको जानकारी वा नयाँ अनुभवले दिनलाई फरक बनाउनेछ। मनमा उत्साह बढ्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कामको चाप घट्दै जानेछ। एकपछि अर्को जिम्मेवारी पूरा हुँदा आत्मसन्तुष्टि मिल्नेछ। समय मिलाएर अघि बढ्दा दिन सहज रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नजिकको व्यक्तिसँग खुलेर कुरा गर्ने अवसर मिल्नेछ। लामो समयदेखि मनमा रहेको अन्योल हट्नेछ। सम्बन्धमा विश्वास बढ्ने दिन रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दिनभरि साना – साना काममा व्यस्तता रहनेछ। घरको काम र व्यक्तिगत जिम्मेवारी सँगसँगै पूरा हुनेछन्। साँझतिर आराम गर्ने समय मिल्नेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ५ रहेको छ।
