सुर्खेत, दैलेख र अछाममा बाढी आउने चेतावनी
काठमाडौं । सुर्खेत, दैलेख र अछाममा वर्षा अझै जारी रहने सम्भावना भएको जानकारी दिँदै बाढी पूर्वानुमान महाशाखाले जिल्लावासीलाई सतर्कता अपनाउन सुझाव दिएको छ।
बाढी महाशाखाले आज आइतबार बिहान ५:३० बजे सूचना जारी गरी भनेको छ, ‘पछिल्लो ३ घण्टामा सुर्खेत, दैलेख र अछाम जिल्लाका वर्षा मापन केन्द्रहरूमा हल्कादेखि मध्यम वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेकाले सो क्षेत्र भई वहने ससाना खोलाहरूमा आकस्मिक बहाब बढ्न सक्ने जोखिम रहेकोले आवश्यक सतर्कता अपनाइराखौँ।’ केही दिनयता देशभर मनसुन सक्रिय भएकाले वर्षा हुने क्रम बढेको छ।
प्रतिक्रिया
