भेनेजुएला भूकम्प : मृतकको सङ्ख्या दुई हजार ६४५
काठमाडौं । भेनेजुएलामा आएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हवजार ६४५ जना पुग्नुका साथै १२ हजार ६६६ जना घाइते भएको भेनेजुएलाको राष्ट्रियसभाका अध्यक्ष जोर्ज रोड्रिगेजले बताउनुभएको छ । अस्थायी शिविरका लागि कमान्ड सेन्टरका प्रमुखसमेत रहेका रोड्रिग्जले टेलिग्राममार्फत छ हजार ४६२ जनालाई उद्धार गरिएको र ८६ हजार ११७ परिवारले सहायता प्राप्त गरेको बताउनुभएको छ ।
भूकम्पले ८८५ भवन क्षतिग्रस्त भएको र अन्य १८९ भवन ध्वस्त भएको उहाँले बताउनुभएको छ । अधिकारीले प्रकोपबाट प्रभावितलाई समायोजन गर्न ५९ वटा अस्थायी शिविर स्थापना गरेको बताइएको छ । भेनेजुयलामा आपतकालीन अवस्थाको सामना गर्न तीन हजार ३०५ जना अन्तर्राष्ट्रिय उद्धारकर्ता र २९ हजार ५६७ जना आपतकालीन प्रतिक्रिया कर्ता देशभर तैनाथ रहेको उहाँले बताउनुभएको छ ।
