हेल्मेट नलगाई मोटरसाइकल कुदाउने मुख्यमन्त्री शाह दण्डित

काठमाडौं । हेल्मेट नलगाई ट्राफिक नियमविपरीत मोटरसाइकल चलाएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह जरिवानाको भागीदार हुनुभएको छ । ट्राफिक नियम उल्लङ्घन गरेको ठहर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले उहाँलाई पाँच सय जरिवाना तिराएको हो ।

खुट्टामा समस्या भएका कारण मुख्यमन्त्री शाह केही समययता ‘वाकर’ को सहारामा हिँडडुल गर्दै आउनुभएको थियो । तर, सरकारी निवासको परिसर भित्र उहाँले हेल्मेट नलगाई  बुलेट मोटरसाइकल कुदाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी टीकाटिप्पणी सुरु भएको थियो ।

मुख्यमन्त्री शाहकै स्वकीय सचिवले उक्त भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको थियो । कानुनभन्दा माथि कोही पनि हुँदैन भन्ने उदाहरण प्रस्तुत गर्दै मुख्यमन्त्री शाहले आफूबाट गल्ती भएको स्वीकार गरी ट्राफिक प्रहरीले काटेको जरिवाना बापतको रकम बुझाउनुभएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर