कञ्चनपुरको हनुमान नगरमा १४७.४ मिलिमिटर वर्षा
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन घण्टामा सबैभन्दा बढी दाङको कोइलाबासमा ४७.८ मिलिमिटर वर्षा भएको जनाएको छ । महाशाखाले मङ्गलबार दिउँसो जारी गरेको मौसम अपडेट अनुसार गएको तीन घण्टामा सो पानी परेको बताएको हो । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ ।
अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ भने गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पुर्ण भूभागमा मनसुन विस्तार हुने क्रम जारी छ । आज दिउँसो १ बजेसम्म गएको २४ घण्टामा सबैभन्दा बढी पानी कञ्चनपुरको हनुमान नगरमा १४७.४ मिलिमिटर पानी परेको थियो ।
प्रतिक्रिया
