भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु

काठमाडौं ।  भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । कुटपिटबाट भातेढिकुरमा बस्दै आएकी उदयपुरको कटारी नगरपालिका–५ घर भएकी ४० वर्षीया मेघिया चौधरीकाे मृत्यु भएकाे प्रहरी जनाएकाे छ ।

चौधरीमाथि शुक्रबार साँझ करिब ७:४५ बजे उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी मेघियालाई प्रारम्भिक उपचारका लागि सूर्यविनायक नगर अस्पताल लगिएको थियो ।

त्यहाँबाट थप उपचारका लागि वीर अस्पताल हुँदै पाटन अस्पताल पुर्‍याइएकी उनकाे शुक्रबार राति करिब ११ बजे उपचारकै क्रममा मृत्यु भएको चिकित्सकलाई उद्दृत गर्दै प्रहरीले जनाएकाे छ । घटनापछि प्रहरीले मृतकका छोरा किरण चौधरीलाई नियन्त्रणमा लिएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर