भेनेजुएलामा ७.२ को भूकम्पबाट १० हजार मारिएको आशंका

काठमाडौं ।  भेनेजुएलाको स्थानीय समयअनुसार बुधबार बेलुकी दुईपटक गएको शक्तिशाली भूकम्पबाट १० हजार जना मारिएको आशंका गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार १० हजारभन्दा बढीको मृत्यु हुने सम्भावना ४४ प्रतिशत र लाखभन्दा बढीको मृत्यु भएको ३० प्रतिशत आशंका छ।

यद्यपि, भेनेजुएला सरकारले अहिलेसम्म कुनै आधिकारिक मृत्युको संख्या जारी गरेको छैन। सुरुमा ७.२ म्याग्निच्युड र त्यसको केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको भूकम्प गएका हुन्। दुवै भूकम्प राजधानी कराकसबाट लगभग २९० किलोमिटर पश्चिममा गएका हुन्।

कराकससहित धेरै सहरमा भवन भत्किएका छन्। भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रिय आपत्‌काल घोषणा गरेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार कराकस विमानस्थलको छतको एक भाग भत्किएको छ। यो १२६ वर्षयताकै ठुलो भूकम्प हो। यसअघि सन् १९०० मा ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर