भेनेजुएलामा शक्तिशाली भूकम्प, कैयौँ भवन ढले

काठमाडौं ।  भेनेजुएलामा छोटो समयको अन्तरालमा आएका दुई वटा शक्तिशाली भूकम्पले कैयौँ भवन ढालेको छ।अमेरिकी भूगर्भ सर्वेक्षणले पहिलो भूकम्प ७.२ र दोस्रो ७.५ म्याग्निट्यूड मापन गरेको छ। पहिलो भूकम्पको ३९ सेकेन्डपछि त्यसभन्दा शक्तिशाली दोस्रो भूकम्प आएको थियो।

राजधानी कराकसको पश्चिमी क्षेत्रमा स्थानीय समय अनुसार साँझ ६ बजेपछि आएका भूकम्पपछि मानिसहरू घर बाहिर निस्किएका थिए। अधिकारीहरूले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिबारे बुझ्ने काम भइरहेको बताएका छन्। भूकम्पपछि कार्यवाहक राष्ट्रपति डेल्सि रोड्रिगेजले आपत्काल घोषणा गरेकी छन्।

राष्ट्रपति निकोलस मदुरोलाई अमेरिकाले पक्राउ गरेपछि उनले देशको नेतृत्व गरिरहेकी छन्। भूकम्पका कारण ठूलो जनधनको क्षति भएको आशङ्का गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसले मृतकहरूको सङ्ख्या १०,००० नाघ्ने सम्भावना ४४ प्रतिशत रहेको जनाएको छ। भूकम्प आएको दिन भेनेजुएलामा राष्ट्रिय बिदा थियो। बिदा भएका कारण मानिसहरू घरमै रहेका हुनसक्ने अनुमान गरिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर