प्रधानमन्त्री बालेनको हात्ती प्रेम !
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरको आज निरीक्षण गरेका छन् । प्रजनन केन्द्रका प्रमुख मणिपूरण चौधरीका अनुसार प्रधानमन्त्री शाह सपरिवार तालिम केन्द्र पुगेका थिए ।
खोरसोरस्थित तालिम केन्द्रमा अहिले ९ वटा माउ र ७ वटा हात्तीका छावा छन् । यसैगरी, प्रधानमन्त्री शाह कालिका नगरपालिका, शक्तिखोरस्थित होटल लटौली सेन्चुरीमा बसेका छन् । त्यहाँ रहँदा उनले स्थानीयसँग समेत अनौपचारिक भेटघाट गरेको जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाह आफ्नो पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनमा भाग लिने क्रममा चितवनमा छन् ।
प्रतिक्रिया
