अमेरिका–इरान वार्ता : ६० दिनभित्र अन्तिम सम्झौताको लक्ष्य

काठमाडौं । कतार र पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच स्विट्जरल्यान्डको बुर्गेनस्टकमा भएको पहिलो उच्चस्तरीय वार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ ।

वार्तापछि मध्यस्थकर्ता मुलुक कतार र पाकिस्तानले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित नयाँ कार्ययोजना तय भएको जानकारी दिएका छन् ।

स्विट्जरल्यान्डको बुर्गेनस्टकस्थित लेक ल्युसर्न रिसोर्टमा आयोजित वार्तामा दुवै पक्षबीच रचनात्मक वातावरणमा छलफल भएको र आगामी वार्तालाई अघि बढाउन नयाँ संयन्त्र स्थापना गर्ने सहमति जुटेको विज्ञप्तिमा उल्लेख छ ।

उच्चस्तरीय निगरानी समिति गठन

वार्ताबाट अमेरिका र इरानबीचको मध्यस्थता प्रक्रियालाई राजनीतिक निर्देशन र निगरानी गर्न एक उच्च–स्तरीय समिति गठन गर्ने सहमति भएको छ ।

उक्त समितिको मातहतमा रहने प्राविधिक टोलीहरूले परमाणु कार्यक्रम, प्रतिबन्ध तथा अनुगमन र विवाद समाधानका विषयमा केन्द्रित भएर काम गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर