मौसम : हल्का वर्षा र घामछायाँ रहने

काठमाडौं । हाल कोशी प्रदशको केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भू–भागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ। कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बादल तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ । कोशी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज सोमबार मुलुकभरको मौसम साधारणतया हल्का वर्षा र घामछायाँ रहने सम्भावना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर