युवतीमाथि धारिलो हतियार प्रहार गर्ने युवक पक्राउ, दाङ प्रहरीको सक्रियता
काठमाडौं । धारिलो हतियार प्रयोग गरी एक युवतीमाथि आक्रमण गर्ने युवकलाई दाङ जिल्ला प्रहरी कार्यालयबाट डीएसपीसहित खटिएको प्रहरी टोलीले पक्राउ गरेको जानकारी प्राप्त भएको छ।
घटनासँग सम्बन्धित भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको थियो। भिडियो हेरेपछि धेरै मानिसहरूमा डर र चिन्ता उत्पन्न भएको थियो। युवतीको अवस्था, घटनाको कारण तथा संलग्न व्यक्तिको पहिचानबारे विभिन्न प्रश्न उठिरहेका थिए।
यसैबीच, प्रहरीले ती युवकलाई नियन्त्रणमा लिएको खबर बाहिरिएपछि सर्वसाधारणले राहत महसुस गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दोषी पुष्टि भएमा कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइनेछ।
प्रतिक्रिया
