खुश्बु ओलीको चरित्र हत्या आरोपमा एक जना पक्राउ

काठमाडौं ।  प्रतिनिधिसभा सदस्य खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत अपशब्द प्रयोग गरी चरित्रहत्या गरेको उजुरीका आधारमा चन्द्रागिरि नगरपालिका–११ सतुंगलका ६१ वर्षीय प्रद्युम्न श्रेष्ठलाई पक्राउ गरेको हो। उनलाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
ओलीले सामाजिक सञ्जालमा आफूमाथि गालीगलौज, धम्की र चरित्रहत्या भएको भन्दै करिब तीन दर्जन व्यक्तिविरुद्ध उजुरी दर्ता गराएकी थिइन्। यसअघि उनले संसद्मा समेत आफूविरुद्ध भएका अनलाइन दुर्व्यवहारबारे विषय उठाएकी थिइन्।
सांसद ओलीले लोकतन्त्रमा आलोचना स्वीकार्य भए पनि घृणायुक्त अभिव्यक्ति, धम्की र चरित्रहत्या अस्वीकार्य हुने बताउँदै कानुनी कारबाहीको माग गरेकी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर