मन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज चारदिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गर्दैछन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुने भ्रमणका क्रममा उनले बेइजिङमा द्विपक्षीय वार्ता गर्नुका साथै चीनका उच्चस्तरीय पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम छ।

भ्रमणका दौरान मन्त्री खनालले नेपाली राजदूतावासद्वारा आयोजित लगानी सम्मेलनमा सहभागी भई चिनियाँ व्यवसायीलाई नेपालमा लगानीका अवसरबारे जानकारी गराउनेछन्। साथै, चीनमा रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर