काभ्रेमा बस दुर्घटना : ७ जनाको मृत्यु
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिका–स्थित सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । बा३ख ८३९८ नम्बरको बस शुक्रबार विपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्। घटनामा अन्य यात्रु पनि घाइते भएको अनुमान गरिएको छ। दुर्घटनाका सम्बन्धमा विस्तृत विवरण आउन बाँकी रहेको काभ्रे प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
