लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं ।  प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन, चितवन, बर्दिया, बाँके, उदयपुर र काठमाडौंबाट दुई/दुई तथा जुम्ला, मोरङ र ललितपुरबाट एक÷एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुका साथबाट लागुऔषध अफिम, खैरो हेरोइन र गाँजा तथा चिकित्सको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, नाइट्राभेट र स्पास्पेन बरामद गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर