मन्त्री महावीर पुनको दृढोक्ति : “रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु”

काठमाडौं । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन्। शीतल निवासमा शपथ लिएलगत्तै सिंहदरबार पुगेर जिम्मेवारी सम्हालेका छन्। जिम्मेवारी सम्हालेपछि उनले आफू दिनरात नभनी काम गर्ने प्रतिबद्धता जनाए।

उनले भने, ‘यो विज्ञान प्रविधिको विकासको लागि ढिलो–ढिलो हिँडेर ठाउँमा पुगिँदैन। एकदम द्रुत गतिमा रात–दिन काम गरेर अगाडि बढ्ने हो। म यो पदमा धेरै बस्दिनँ पनि।’

उनले सरकारको कार्यकाल ५ वर्ष भएपनि आफू बढीमा तीन वर्ष मात्रै जिम्मेवारीमा बस्ने बताए। उनले थपे, ‘मैले अब जे जति गर्न सकिन्छ, सकेसम्म रातदिन काम गर्छु। यो सरकार ५ वर्षको हो। म बढीमा ३ वर्ष बस्ने यहाँ घोषणा गर्छु।’ उनले तीन वर्षमा मन्त्रालयमा राम्रो जग बसालेर नयाँ युवा नेताहरूलाई हस्तान्तरण गर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर