रास्वपा कार्यालयमा जेनजीहरूको धर्ना र नाराबाजी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय वनस्थलीमा जेनजी युवाहरुको अभिभावकले धर्ना दिएको छ । जेनजी आन्दोलनका क्रममा तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुका अभिभावकहरुले रास्वपा कार्यालयअघि धर्नासहित नाराजुलुस गरेका हुन् ।

रास्वपा कार्यालय भित्र प्रवेश गर्न खोज्दा उनीहरुले प्रहरीले रोकेका छन् । जेनजी आन्दोलनकै जगमा दुई तिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको रास्वपाले आफ्ना सन्तानलाई न्याय दिनुपर्ने उनीहरुको माग छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर