रास्वपा मधेस प्रदेशको अधिवेशन स्थगित

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेश अधिवेशन स्थगित गरेको छ भने त्यससँग सम्बन्धित सबै गतिविधि रोकिएको जनाएको छ।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले मंगलबार सूचना जारी गरी मधेस प्रदेशको अधिवेशन स्थगित गरिएको जनाएका छन्। ‘मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि अर्को सूचना नभएसम्म स्थगित गरिएको छ,’ सूचनामा भनिएको छ।

रास्वपाका प्रदेश अधिवेशन आजबाट सुरु भएका छन्। मधेसमा भने जिल्ला अधिवेशन र प्रतिनिधि छनोटका विषयमा झडप हुन थालेपछि रास्वपाले प्रदेश अधिवेशन स्थगित गरेको हो।

अधिवेशनसँग सम्बन्धित कुनै पनि क्रियाकलापन नगर्न भनिएको छ। ‘मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित प्रतिनिधि छनोट, निर्वाचन कार्यक्रम, उम्मेदवारी प्रक्रिया, प्रचारप्रसार, बैठक, भेला तथा अधिवेशन आयोजनासँग सम्बन्धित सम्पूर्ण गतिविधिहरूमा लागू हुनेछ,’ सूचनामा भनिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर