गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञानमन्त्रीमा महावीर पुन नियुक्त

काठमाडौं ।  प्रधानमन्त्री बालेन शाहले गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका छन् । उनीहरूको शपथ ग्रहण आजे हुने भएको छ ।

यसअघि सम्पत्ति विवरणबारे उठेको प्रश्नपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि सरकारले छानबिन समिति गठन गरेको थियो, जसले शुक्रबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो । मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन स्वीकृत गरेको छ ।

छानविन समितिले गुरुङ निर्दोष ठहर्‍याएकाले प्रधानमन्त्रीले पुनः उनलाई गृहमन्त्रीमा नियुक्त गरेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर