चीन भ्रमणमा जाँदै मन्त्री खनाल
काठमाडौं । तीन दिने भारत भ्रमण सकेको एक हप्तापछि परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा मन्त्री खनाल १४ जुनमा चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गर्ने भएका हुन् । खनालको चीन भ्रमणलाई दुई छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयासका रूपमा हेरिएको छ ।
भ्रमणका क्रममा मन्त्रीले समकक्षी वाङसँग द्विपक्षीय वार्ता गर्नुका साथै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरूलाई समेत भेट्नेछन् । ‘भ्रमण निश्चित भएपछि परराष्ट्रमन्त्रीले आवश्यक तयारी थालिसक्नु भएको छ,’ परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने, ‘वास्तवमा उहाँको चीन भ्रमण निश्चित भएपछि मात्र उहाँले छोटो तयारीमै दिल्ली जानु भएको हो ।’
प्रतिक्रिया
