फिलिपिन्समा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प
काठमाडौं । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रविन्दु बनाएर सोमबार बिहान ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको लगत्तै फिलिपिन्स, इन्डोनेसिया र जापानसहितका एसियाली देशहरूमा सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरिएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय समय अनुसार ७ः४० बजेभन्दा केही अघि मिन्डानाओ टापुको तटीय क्षेत्रमा गएको हो। भूकम्पको धक्का कतिपय छिमेकी देशका तटीय क्षेत्रमा समेत महसुस गरिएको छ।
शक्तिशाली भूकम्पपछि समुद्रमा ठुला छालहरू उठ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित देशका अधिकारीहरूले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। अमेरिकी सरकारी एजेन्सीले प्रभावित क्षेत्रका सर्वसाधारणलाई तत्काल समुद्रबाट बाहिर निस्कन र समुद्री किनार तथा बन्दरगाहहरूभन्दा टाढा सुरक्षित स्थानमा जान भनेको छ।
