पाँचथरमा जिप दुर्घटना : चालकसहित नौ जना घाइते

काठमाडौं ।  मेची राजमार्ग अन्तर्गत पाँचथरको भारपा सडक खण्डमा जिप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका छन्।

शुक्रबार दिउँसो झापाको बिर्तामोडबाट ताप्लेजुङतर्फ जाँदै गरेको जिपमा चालकसहित १३ जना थिए । उक्त जिप हिलिहाङ गाउँपालिका–६ स्थित चतुरे बजार नजिकै दुर्घटनामा परेको हो। अनियन्त्रित भएको  जिप सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका नौ जनामध्ये सात जनाको अवस्था सामान्य रहेको बताइएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घाइतेको उपचार तथा घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर