दिल्लीको एक रेस्टुराँमा आगलागी हुँदा १० जनाको मृत्यु

काठमाडौं  । भारतको राजधानी नयाँ दिल्लीको मालवीय नगरस्थित एक रेस्टुराँमा बुधबार आगलागी हुँदा १० जनाको मृत्यु भएको छ। आगलागीपछि उद्धार तथा राहत कार्य सञ्चालन गरिएको र तीन जनालाई सकुशल उद्धार गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

समाचार एजेन्सी पीटीआइका अनुसार दिल्ली अग्नि सेवाका एक अधिकारीले लेमन ग्रि रेस्टुराँमामा आगो लागेको जानकारी दिएका छन्। रेस्टुराँमामा आवासको सुविधा पनि रहेको र त्यहाँ केही विदेशीहरू बसिरहेको बुझिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर