आज मोदीसँग भेट वार्ता गर्दै रवि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।पाँचदिने भारत भ्रमणको क्रममा नयाँ दिल्लीमा रहेका लामिछानेले आज प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
भ्रमणका लागि सोमबार भारत प्रस्थान गरेका लामिछानेले मंगलबार भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयमा अध्यक्ष नितिन नवीनसहित शीर्ष नेताहरूसँग वार्ता गरेका थिए । त्यसपछि आज लामिछानेले मोदीसँग वार्ता गर्न लागेका हुन् । लामिछाने २२ गते नेपाल फर्किने कार्यतालिका रहेको छ ।
प्रतिक्रिया
