एक हप्ताभित्र इरानसँग सम्झौता हुने ट्रम्पको भनाइ
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले एक हप्ताभित्र इरानसँग सम्झौता हुन सक्ने दाबी गरेका छन्। उनका अनुसार त्यस सहमतिमा युद्धविराम लम्ब्याउने र हर्मुज स्ट्रेट खोल्ने कुरा पनि हुनेछन्।
एबीसी न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, ‘परिस्थिति राम्रो देखिएको छ, धेरै राम्रो।’ यस क्रममा उनले आफ्नो अनुरोधमा लेबननको हेजबुल्लाह र इजरायल एकअर्काविरुद्ध आक्रमण रोक्न राजी भएको पनि उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘मैले हेजबुल्लाहसँग कुरा गरेँ र गोली नहान्न भनेँ। मैले (इजरायलका प्रधानमन्त्री) नेतन्याहुसँग पनि कुरा गरेँ र गोली नचलाउन भनेँ। दुवैले एकअर्कामाथि गोली हान्न बन्द गरे।’
प्रतिक्रिया
