वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ

काठमाडौं ।  लिखत किर्ते गरेको कसुरमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पक्राउ परेका छन्। पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको आठ दिनपछि पर्सा प्रहरीले उनलाई  नियन्त्रणमा लिएको हो।

उनलाई पर्साको ठोरी क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा विशेष सूचनाका आधारमा गरिएको प्रहरी अपरेसनका क्रममा पक्राउ गरिएको  जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले जानकारी दिए ।

मेयर सिंहविरुद्ध सरकारी कागजात र नागरिकता किर्ते गरेको आरोपमा स्थानीय वीरगञ्ज-३ छपकैया निवासी लियाकत अलीले २०८० सालको माघ महिनामा जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए।

सिंहले नक्कली कागजातका आधारमा अर्कैकी छोरीलाई आफ्नी छोरी दाबी गर्दै नेपाली नागरिकता दिलाएको आरोप छ। सिंह पक्राउ पुर्जी जारी भएदेखि नै महानगरको कामको सिलसिलामा काठमाडौँमा रहेको भन्दै सम्पर्कविहीन रहँदै आएका थिए। प्रहरीले उनीसहित अन्य ३ जनाविरुद्ध परेको सोही किर्ते मुद्दामा थप अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर