पहाडमा वर्षा र तराईमा गर्मी बढ्ने पूर्वानुमान

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशको हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुने पूर्वानुमान गरेको छ ।

महाशाखाका अनुसार आज राति देशको हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायुको प्रभाव छ ।

मङ्गलबार र बुधबार देशको हिमाली र पहाडी भूभागमा साधारणतया तथा तराई भूभागमा आंशिक बादल लाग्ने छ । सो दुई दिन हिमाली तथा र पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ ।

भोलि मधेश प्रदेश तथा कोशी प्रदेशको तराई क्षेत्रमा र पर्सी मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर