कार्यसूचीमा प्रवेश नगरी प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं ।  विपक्षी दलहरूको निरन्तर अवरोधपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक जेठ १९ गतेसम्मका लागि स्थगित भएको जानकारी दिए।

यसअघि सोमबार बसेको बैठक विपक्षी दलहरूको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो। तर पुनः सुरु भएको बैठकमा पनि विपक्षी सांसदहरूले अवरोध जारी राखेपछि संसद्को कामकारबाही अघि बढ्न सकेन।

प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद्मा विरोध जनाएका हुन्। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हितविपरीत रहेको भन्दै त्यसबारे स्पष्टिकरण र अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन्। लगातारको अवरोधका कारण प्रतिनिधिसभाको बैठक निर्धारित कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर