मदिरा र चुरोटमा कर वृद्धि

काठमाडौं । सरकारले मदिरा र चुरोटको कर बढाएको छ। संघीय संसद्को शुक्रबारको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले कर बढाएको बताए। सरकारले चुरोटमा करिब १० प्रतिशतसम्म र मदिरा तथा बियरमा लाग्ने अन्तःशुल्क वृद्धि गरेको हो। अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ देखि माइक्रो ब्रुअरीलाई समेत मदिरा उद्योगको रुपमा दर्ता गरेर अन्तःशुल्कको दायरामा ल्याउने पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर