भारत-अमेरिकाबिच ऐतिहासिक सम्झौता

काठमाडौं । भारत र संयुक्त राज्य अमेरिकाले मङ्गलबार महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वीजन्य तत्वको आपूर्ति, खनन तथा प्रशोधन सुरक्षित गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरले द्विपक्षीय छलफल र क्वाड विदेश मन्त्रीको बैठकपछि विश्वव्यापी परिदृश्यमा यसको रणनीतिक महत्वलाई प्रकाश पार्दै ऐतिहासिक सम्झौताको घोषणा गर्नु भएको हो ।

क्वाड बैठकमा यो विषयमा पनि छलफल भएको कुरामा जोड दिँदै उहाँले यी स्रोत सुरक्षित गर्नु महत्वपूर्ण भएको उल्लेख गर्नुभएको छ । सम्झौता महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वी जन्य आपूर्तिलाई सहज बनाउने उद्देश्यले गरिएको जनाइएको छ । उहाँका अनुसार सम्झौतामा खानी, प्रशोधन, प्रर्वदन र सम्बन्धित लगानी समावेश हुनेछ ।

यसले सरल र विविधीकृत आपूर्ति श्रृङ्खलालाई बलियो बनाउदै सम्बन्धित मुलुकलाई वित्त पोषण लगायतमा सहयोग गर्ने उहाँले बताउनुभएको छ । सम्झौतालाई वासिङ्टन र नयाँ दिल्लीको बिचको साझेदारीलाई सुदृढ पार्ने प्रमाणको रूपमा व्याख्या गर्दै जयशंकरले सम्झौता कार्यन्वयनमा केहि चुनौति भएता पनि धेरै अवसर भएको बताउनुभएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले संयुक्त राज्य अमेरिकाका लागि भारतको महत्त्वलाई प्रकाश पार्दै सम्झौता एउटा ठोस उदाहरण भएको बताउनुभएको छ । पछिल्ला केही दिनमा संयुक्त राज्य अमेरिका र भारतबिचको रणनीतिक गठबन्धन र राष्ट्रिय हितका लागि सम्झौताको महत्वको बारेमा बारम्बार उजागर गरेको बताउनुभएको छ ।

उहाँले भारत र अमेरिकाले नवीनता अर्थतन्त्रका लागि महत्वपूर्ण खनिज र आपूर्ति श्रृंखलामा भरपर्दो दीर्घकालीन पहुँच सुनिश्चित गर्न रणनीतिक चासोसहित सम्झौता भएको बताउनुभएको छ । सम्झौता महत्वपूर्ण खनिज र दुर्लभ पृथ्वी जन्य तत्व उच्च-इलेक्ट्रोनिक्स, ऊर्जा प्रविधि, रक्षा प्रणाली, र विद्युतीय सवारीका लागि महत्वपूर्ण अवयव भएको भन्दै यसको आपूर्ति श्रृङ्खलालाई विविधीकरण गर्ने आपूर्तिकर्ताबिच निर्भरता कम गर्ने विश्वव्यापी प्रयासको बिचमा आएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर