महोत्तरीमा सुकुम्वासी बस्ती हटाउने सूचनाले तनाव

काठमाडौं । लामो समयदेखि समाधान हुन नसकेको सुकुम्वासी तथा अव्यवस्थित बसोबासको समस्या महोत्तरीको बर्दिबासमा हिंसात्मक टकरावमा परिणत भएको छ। वन क्षेत्र अतिक्रमण गरी बसेका बस्ती खाली गराउने डिभिजन वन कार्यालयको प्रयासपछि उत्पन्न तनावका कारण सोमबार राति स्थानीयले वन कार्यालयको गाडीमा आगजनी गरेका छन्।

बर्दिबास नगरपालिका–३ स्थित राजाबास, कालापानी र वरडाडा क्षेत्रमा वर्षौँदेखि बसोबास गर्दै आएका स्थानीय र प्रशासनबीचको यो टकरावले राज्यको भूमि व्यवस्थापन नीति र नागरिकको गाँस-बासको अधिकारबीचको गम्भीर सामाजिक खाडललाई पुनः छताछुल्ल पारेको छ।

डिभिजन वन कार्यालयले सोमबार दिउँसो वन क्षेत्र अतिक्रमण गरेर बनाइएका बस्ती खाली गराउन सूचना जारी गरेपछि बस्तीमा त्रास र आक्रोश फैलिएको थियो। आफूहरू ओत लागेको ठाउँ नै खोसिने भएपछि स्थानीयले सोमबार रातिदेखि नै विपी राजमार्गमा रुखका मुढाहरू ढालेर सडक अवरुद्ध गरी आन्दोलन सुरु गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर