६ करोड रुपैयाँको भेपसहित व्यवसायी पक्राउ

काठमाडौं ।  राजधानीको मुटु मानिने न्यूरोड क्षेत्र अवैध व्यापार र कर छलीको भण्डार बन्दै गएको तथ्य फेरि एकपटक खुलेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले यस्तो तथ्य खुलाएको हो।

विशेष सूचनाको आधारमा अपराध अनुसन्धान कार्यालयले चलाएको एक गोप्य अपरेसनका क्रममा खिचापोखरीबाट करिब ६ करोड रुपैयाँ बराबरको अवैध इलेक्ट्रिक चुरोट (भेप) सहित एक जना व्यवसायी पक्राउ गरिएको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३२ वर्षीय नवीन खड्कालाई पक्राउ गरिएको हो। उनी खिचापोखरीस्थित अवैध भेप भण्डारण र बिक्री गर्ने मुख्य सञ्चालक भएको प्रहरीले जनाएको छ।

लामो समयदेखि काठमाडौँमा अवैध चिनियाँ भेपको संगठित तस्करी भइरहेको सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले निगरानी बढाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर