थानकोट-चन्द्रागिरी-चित्लाङ सडक दुई साता बन्द हुने
काठमाडौं । थानकोट-चन्द्रागिरी-चित्लाङ सडक खण्ड दुई साताका लागि बन्द हुने भएको छ।
सडक डिभिजन कार्यालय, काठमाडौंले सूचना जारी गर्दै निर्माण तथा स्तरोन्नति कार्यलाई प्रभावकारी रूपमा सम्पन्न गर्न १४ दिनका लागि सडक बन्द गरिने जनाएको छ।
सडक डिभिजन कार्यालयले चन्द्रागिरी नगरपालिका र थाहा नगरपालिकालाई पत्राचार गर्दै जेठ १७ देखि ३० गतेसम्म पानीघट्टदेखि चित्लाङ बजारसम्मको सडक खण्ड पूर्ण रूपमा बन्द रहने जानकारी गराएको हो।
प्रतिक्रिया
