दक्षिणी इरानमा अमेरिकी आक्रमण

काठमाडौं । अमेरिकी सेनाले दक्षिणी इरानमा मंगलबार नयाँ आक्रमण थालिएको बताएको छ। अमेरिकी सेनाका अनुसार इरानका क्षेप्यास्त्र अड्डा र समुद्रमा बारुदी सुरुङ बिछ्याउने प्रयास गरिरहेका जहाजलाई निसाना बनाइएको हो।

अमेरिकी केन्द्रीय कमान्डले विज्ञप्तिमा भनेको छ, ‘आक्रमण आत्मरक्षा र इरानी सेनाबाट हुने खतराबाट सेनालाई जोगाउने उद्देश्यले गरिएको हो।’ केन्द्रीय कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले भनेका छन्, ‘अमेरिकी सेनाले जारी युद्धविरामको समयमा संयम अपनाउँदै आफ्ना सेनाको सुरक्षा जारी राख्नेछ।’

अमेरिकाले आक्रमण त्यस्तो समयमा गरेको हो, जतिबेला इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले वार्तामा केही प्रगति भए पनि द्वन्द्व अन्त्य गर्ने सम्झौता तत्काल नहुने बताएका छन्। हकिन्सले भनेका छन्, ‘हमला दक्षिणी बन्दरगाह सहर बन्दर अब्बासनजिकै इरानी नौसेना अड्डामा गरिएको हो, जुन होर्मुज स्ट्रेटमा अवस्थित छ।’ यसअघि इरानको सरकारी सञ्चारमाध्यमले बन्दर अब्बासमा विस्फोटको आवाज सुनिएको र स्थानीय अधिकारीले घटनाको अनुसन्धान गरिरहेको उल्लेख गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर