दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता

काठमाडौं ।  मेडिकल व्यवसायी एवंम् राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय पर्साले सोमबार प्रसाईंविरुद्ध दुई वटा कसुरमा अदालतमा मुद्दा दर्ता गरेको हो। कार्यालयका प्रमुख एवं जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्ताका अनुसार प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको हो।

सर्वोच्च अदालतका न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले जेठ ८ गते प्रसाईंलाई हिरासतमा राख्नलाई थप म्याद नलिन प्रहरीका नाममा आदेश दिएको थियो। उनको मुद्दाको अनुसन्धान सकिएमा दर्ता गर्न र नसकिएको अवस्थामा भने छाडेर जे-जस्तो कारबाही गर्नुपर्ने हो त्यसलाई अघि बढाउन आदेश दिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर