गर्मीका कारण ७ जना सशस्त्रका प्रहरी बेहोश

काठमाडौं ।  कैलालीको टिकापुरमा सशस्त्र प्रहरी बल उग्रतारा गण, भन्सार राजस्व तथा औद्योगिक तालिम केन्द्रमा नियमित दौडका क्रममा सात जना प्रहरी जवान बेहोस भएका छन् । आज बिहान ६ बजे नियमित दौडका क्रममा बेहोस भएका सातै जनालाई तत्काल टीकापुर अस्पतालमा लगिएको थियो ।

‘हिट स्ट्रोक’ का कारण उनीहरू बेहोस भएको प्रारम्भिक अनुमान गरिएको छ । टीकापुर क्षेत्रमा पछिल्ला केही दिनयता अत्यधिक गर्मी बढेको छ । दिउँसो तापक्रम ४० डिग्री सेल्सियस आसपास पुग्ने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर