जेठ १४ गते बकर इदको सार्वजनिक बिदा

काठमाडौं– सरकारले बकर इद (इद–उल–अजहा) का अवसरमा आगामी जेठ १४ गते सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बिहीबार सूचना जारी गर्दै जेठ १४ गते इद–उल–अजहा) का अवसरमा बिदा दिने निर्णय गरेको जानकारी दिएका छन् ।

वि.सं. २०८२ मङ्सिर १६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेकाले जेठ १४ गते बिदा हुने मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना पनि व्यक्त गरेको छ ।

bida


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर