प्रधानमन्त्री र सभामुखबिच भेट, उपस्थितिबारे चित्र अस्पष्ट
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर सदनमा विपक्षीहरूले उत्पन्न गरेको अवरोधबारे जानकारी गराएका छन्। सभामुख अर्याल आज प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेर प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गएका थिए ।
विपक्षी दलहरुले लगातार प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग राख्दै बैठकमा अवरोध गर्दै आएका छन् । भेटपछि संसद्मा प्रधानमन्त्री उपस्थित हुने वा नहुनेबारेमा अझै चित्र स्पष्ट नभएको सभामुखको सचिवालयका निकटस्थहरू बताउँछन् ।
प्रतिक्रिया
