एमालेले भाटभटेनीका मीनबहादुर गुरुङको दान नलिने निर्णय

काठमाडौं । नेकपा एमालेले भाटभटेनीका मालिक मीनबहादुर गुरुङले पार्टीको केन्द्रीय कार्यालय निर्माण गर्न दिने भनेको अनुदान नलिने निर्ण गरेको छ । पार्टीको जारी सचिवालयको आज बिहीबार बैठकले जग्गा दानसहित भवन दिने गुरुङको प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने निर्ण गरेको हो ।

सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा गुरुङबाट दानमा लिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने निर्णय गरेको हो । ‘कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता (मीनबहादुर गुरुङ दम्पती) लाई धन्यवादसहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र अब नयाँ कार्यालय भवन मदननगर, बल्खुमै निर्माण गर्ने निर्णय गर्ने’ एमालेको सचिवालयको प्रस्ताव छ । गुरुङले दानमा दिने भनेको भवनको शिल्यान्यास २०८१ असोजमा ओली र गुरुङ दम्पतीले गरेका थिए ।

गत भदौ २२ र २३ गतेको जेनजी आन्दोलनमा गुरुङको कोटश्वर, महारागञ्जलगाउत उपत्यका बाहिरको भाटभटेनी सुपर स्टोरमा आगलागी गरेर अर्बौ रुपैयाँको नोक्सान भएको थियो । भाटभटेनी सुपर स्टोर जलाउनुमा एमालेलाई जग्गादान र अनुदानको विषय पनि जोडिएको तत्काल अवस्थामा महसुस गरिएको थियो । आगलागीपछि पुनः सञ्चालनमा ल्याएको स्टोरमा जलेको भवनको तस्बिर त्यस तस्बिर अगाडि गुरुङले दुई हात जोडेर नमस्ते गरिरहेको चित्रले सर्वसाधारणको ध्यान आकर्षण गरिरहेको छ । गुरुङको उक्त तस्बिरले “हे भगवान ! अब आइन्दा यस्तो भोग्न र देख्न नपरोस्” भन्ने स्पष्ट भाव झल्किएको देखिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर