प्रधानमन्त्री बालेनलाई सदनदेखि किन एलर्जी हुन्छ ?

काठमाडौं  । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीमा सदनप्रति ‘एलर्जी’ देखिएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको आजको वैठकमा बोल्दै कांग्रेस सांसद राईले सरकार र प्रधानमन्त्रीले संसदको मर्यादा कायम गर्नुपर्नेमा प्रधानमन्त्री सदनप्रति जिम्मेवार नहुने, एलर्जी नै हुने, परम्परा भत्काउँदै हिंड्ने, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबैतिर हस्तक्षेप गर्दै हिंडेको आरोप लगाए । सांसद राईले अहिले सरकार क्रमभङ्गता शब्दमा रमाएको र सत्तारुढ दलका नेताहरु रफ्फु लगाउँदै हिंडेको टिप्पणी गरे ।

सरकारलाई एमालेको चेतावनी

नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सरकारले अबको सात दिनभित्र जनताको समस्या सुनुवाइ नगरे सदन चल्न समस्या हुने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाको आजको वैठकमा सांसद राईले आज गाउँघरमा बाँदरको समस्याले मानिसको बास उठाएको, मानिसले खाना खान समेत नपाएको बताउँदै यस विषयमा सरकार किन सिरियस हुँदैन भन्दै प्रश्न गरेका छन् । अहिले जनताको सबै भन्दा ठूलो समस्या बाँदर आतंक भएको बताउँदै राईले यसलाई नियन्त्रण गर्न नसके जनताको जीवन परिवर्तनमा ठूलो वाधा हुने बताए ।

उनले तत्कालरुपमा बाँदरको समस्या समाधान गर्नका लागि सरकारलाई ध्यानाकर्षण समेत गराए । उनले अब सात दिनभित्र बाँदरको समस्या समाधानका लागि सरकारले पहल गरेन भने सबै सांसदहरुले कुरा उठाउने र सदन चल्न गाह्रो हुने बताए । उनले यस विषयमा जवाफ दिन सरकारसँग आग्रह समेत गरे


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर