रकेटको गतिमा प्रधानन्यायाधीशको नाम अनुमोदन, आजै साँझ शपथ ग्रहण
काठमाडौं । नयाँ प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको पद तथा गोपनीयताको शपथ आजै मंगलबार साँझ सवा ६ बजे हुने भएको छ । शर्माको शपथ साँझ ६ बजेर १० मिनेटमा हुनेछ । राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथको तयारी गरिँदैछ ।
त्यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन् । आजै मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको थियो । आज मंगलबार नै संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ भएको थियो । उनले त्यहाँ आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । समितिले उजुरीकर्तासँग पनि मंगलबार नै छलफल गरेको थियो ।
प्रतिक्रिया
