सरकारको डोजर आतंकविरुद्ध प्रदर्शन
काठमाडौं । सर्वोच्च अदालतले डोजर आतंक बन्द गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेपनि प्रधानमन्त्री बालेन्द्र शाहले अवज्ञा गर्दै देशका विभिन्न स्थानमा डोजर आतंक मच्चाएको भन्दै हिजो बुटवलमा विशाल विरोध प्रदर्शन भएको छ । भूमिहिन, सुकुम्बासीहरुले बालेनको राज्य आतंकको विरुद्धमा हजारौं सहभागी हुँदै विरोध प्रदर्शन गरिएको हो ।
सर्वोच्च अदालतको आदेशपछि पनि सरकारले देशव्यापी रुपमा डोजर आतंक मच्चाउन नछोडेपछि गरिब, निमुखा र सुकुम्बासी जीवन बिताउन बाध्य भएकाहरु सडकमा आएर विरोध प्रदर्शन गर्न बाध्य भएका हुन् ।
पछिल्लो पटक बाँके र मकवानपुरमा डोजर लगाएर सयौं घरहरु भत्काइएको थियो । सुकुम्बासी र गरिब बर्गमाथि राज्यले गरेको बर्बर र आततायी दमनका विरुद्धमा गत साता काठमाडौंको माइतीघर मण्डलामा पनि विरोध प्रदर्शन भएको थियो । पछिल्लो समय राज्य आतंककाविरुद्धमा जनप्रदर्शनहरु बढ्दो छ । नजिकिँदो बर्षायाममा गरिब र सुकुम्बासीहरुका घर भत्काइएपछि उनीहरुको जीवन दयनीय बनिरहेको छ ।
