अनुसन्धान विभाग गृहबाट प्रधानमन्त्रीकै मातहतमा

काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)लाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत फर्काइएको छ । रास्वपा नेता बालेन्द्र शाह नेतृत्वको सरकारले नेपाल सरकारको कार्यसम्पादन नियमावली २०८३ अनुसार विभागलाई प्रधानमन्त्री कार्यालयमातहत फर्काएको हो ।

उक्त नियमावली बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको थियो । नियमावली पारित भएसँगै सरकारले राजपत्रमा प्रकाशित गरेको प्रधानमन्त्री कार्यालयका ४८ कार्यक्षेत्रमध्ये गुप्तचर विभाग २८ नम्बरमा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर