अब संघमा १७ वटा मन्त्रालय मात्र रहने निर्णय
काठमाडौं । संघीय सरकारसहित १७ वटा मन्त्रालयमा मात्रै सीमित हुने भएको छ । यसअघि २२ वटा मन्त्रालय रहेको संरचना सरकारले कार्यविभाजन नियमावली–२०८३ मार्फत पुनर्गठन गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त नियमावली स्वीकृत गरेसँगै मन्त्रालय संख्या औपचारिक रूपमा घटाउने निर्णय गरेको हो । सरकारले संघीय मन्त्रालयहरूको संख्या घटाएर प्रशासनिक संरचनामा ठूलो पुनर्संरचना गर्ने निर्णय गरेको हो ।
सरकारले समान प्रकृतिका मन्त्रालयहरूलाई एकीकृत गर्दै खर्च कटौती, प्रशासनिक दोहोरोपन अन्त्य र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित नयाँ संरचना लागू गर्न लागेको जनाएको छ । नयाँ व्यवस्थाअनुसार केही मन्त्रालय गाभिने, केहीको नाम परिवर्तन हुने तथा कार्यक्षेत्र पुनः निर्धारण गरिनेछ । यसलाई संघीय प्रशासन सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
