आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय

काठमाडौं ।  आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारले सार्वजनिक गरेको छ । सूचना, सञ्चार एवं प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्ले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरेका हुन् । सरकारले विभिन्न चार मुख्य निर्णयहरू गरेको मन्त्री तिमिल्सिनाले जानकारी दिएका छन्।

मन्त्रिपरिषदका निर्णयहरू :
–नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने ।
–विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने ।
–सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाको सदस्य सुशील खड्का, बाग्लुङ, योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने ।
–भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर