एसईईको नतिजामाथि चित्त नबुझेमा पुनर्योग र उत्तरपुस्तिका हेर्न पाइने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले प्रकाशित नतिजामा चित्त नबुझ्ने परीक्षार्थीका लागि पुनर्योग र उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था गरिएको जनाएको छ । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले सोमबार जारी गरेको विज्ञप्तिमा विद्यार्थीले अनलाइनमार्फत नै पुनर्योगका लागि आवेदन दिन सक्ने उल्लेख गरेका छन् ।
पुनर्योग गर्न चाहने परीक्षार्थीले जेठ १ गतेदेखि जेठ ७ गतेसम्म बोर्डको वेबसाइटमा गएर फाराम भर्नुपर्नेछ । पुनर्योगका साथै विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन समेत पाउने बोर्डले जनाएको छ ।
प्रतिक्रिया
