कांग्रेसद्वारा राज्य व्यवस्था समितिको बैठक बहिष्कार

काठमाडौं । प्रधानमन्त्री बालेन शाह राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रोपटक पनि अनुपस्थित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ ।

काँग्रेसले गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेनसँग सुकुम्वासी बस्ती खाली गराइएको, सुरक्षा प्रशासन लगायतका विषयमा जवाफ दिन समितिको बैठकमा नआएको भन्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो ।

सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेसबाट प्रतिनिधित्व गर्ने संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादवले बहिष्कार गरेका थिए । समितिका सभापति हरि ढकाललाई प्रधानमन्त्री बालेन शाहलाई समितिमा उपस्थित गराउन काँग्रेसले आग्रह गरेको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर