मन्त्रिपरिषदको बैठकबाट वार्षिक नीति तथा कार्यक्रम स्वीकृत
काठमाडौं । आज सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट आज वैशाख २८ गते ४ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन गर्नेक्रममा प्रस्तुत गरिने नीति तथा कार्यक्रम मन्त्रिपरिषदको बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया
